मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

नोबेल र कोशी प्रदेश प्रहरीबीच भयो प्रहरी परिवारलाई उपचार गर्ने सम्झौता

मोरङ खबर 482+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

विराटनगरः नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । यो सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले आवश्यक पर्दा विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्नेछन् ।

सम्झौताले राष्ट्रको सुरक्षामा दिनरात खटिने प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउने विश्वास लिइएको छ । सेवाका क्रममा स्वास्थ्य समस्या आइपर्दा समयमै उपचार उपलब्ध गराउने र आवश्यक स्वास्थ्य सुविधामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइएको अस्पतालले जनाएको छ ।

सो सम्झौतापछि नोबेल मेडिकल र कोशी प्रदेश प्रहरी कार्यालयबीच उपचार सेवामा मात्र नभई स्वास्थ्य सचेतना, निवारणमुखी कार्यक्रम तथा अन्य जनस्वास्थ्यसम्बन्धी गतिविधिमा समेत सहकार्य गर्ने बाटो खुलेको अस्पतालले जनाएको छ ।

पूर्वी नेपालको स्वास्थ्य सेवामा अग्रणी संस्थाका रूपमा परिचित नोबेल मेडिकल कलेजले गुणस्तरीय स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यका साथ सरकारी तथा गैरसरकारी संस्थासँग निरन्तर सहकार्य गर्ने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार