मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

रेवती रमण निरौला 160+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

इटहरी । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशको तेश्रो वार्षिक साधारणसभा इटहरीमा शुक्रबार सम्पन्न भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट भेला भएका शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरुको सहभागिता रहेको थियो । 

साधारणसभामा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्न कोशी प्रदेश सरकारले ऐन निर्माणको काम अघि बढाएको भन्दै यसैवर्ष भित्र संसदबाट पारित गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । शैक्षिक परामर्श व्यवसायिहरुले प्रदेशबाट नै दर्ता, अनुमति, नविकरण र अनुगमन गरिदिन आग्रह गरेकामा मन्त्री भण्डारीले कोशी प्रदेश सरकारले त्यसका लागि काम अघि बढाएको भन्दै यसैवर्ष भित्र ऐन निर्माण गर्ने प्रविद्धता जनाउनु भएको हो । शैक्षिक परामर्श व्यवसायीहरुले राज्यको राजश्वमा समेत योगदान पुर्याउँदै आएको भन्दै उहाँले सो व्यवसायलाई व्यवस्थित र नियमन गर्न आवश्यक रहेकाले ऐन निर्माण गर्न लागिएको पनि स्पष्ट पार्नुभयो । 

कार्यक्रममा बोल्दै राष्ट्रिय शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले देश संघीयतामा गइसकेको अवस्थामा सरकारी निकायहरु पनि सोही अनुशार अघि बढ्नुपर्ने भन्दै शैक्षिक परामर्श व्यवसायको दर्ता, नविकरण र अनुमतिको काम प्रदेश सरकार मातहत राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्न समेत प्रदेश सरकारमार्फत सहज हुने भएकाले चाँडो भन्दा चाँडो कानुन बनाउन माग गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशका पूर्वअध्यक्ष मोहन विक्रम तिगेला, सहयोगी सँस्था आइडीपीका प्रतिनिधि श्रीषा कँडेल, चण्डिगढ विश्वविद्यालय भारतका प्रतिनिधि तरुण खन्ना लगायतले पनि बोल्नुभयो । यसैगरि साधारणसभाले रिक्त रहेको कोषाध्यक्ष पदमा इटहरीका चन्दन माझीलाई चयन गरेको छ भने कार्य समिति सदस्यहरुमा इटहरीका विनोद कोइराला, किरण कुमार थापा र धरानकी केशरी राईलाई मनोनयन गरेको छ । 

साधारणसभाको बन्द सत्रमा संँस्थाका सचिव नरेन्द्र दंगालले वार्षिक प्रगती विवरण तथा आगामी कर्यायोजना प्रस्ुतत गर्नुभयो भने कोषाध्यक्ष चन्दन माझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । राष्ट्रिय शैक्षिक परामर्श संघ नेकामा कोशी प्रदेशमा रहेरा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका ३० वटा कन्सल्टेन्सीहरु आवद्ध छन् । नेका कोशी अध्यक्ष सन्तोष लिम्बूको अध्यक्षतामा भएको कार्यक्रम सचिव नरेन्द्र दंगालले सञ्चालन गर्नु भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार