मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

विराटनगरका विभिन्न क्षेत्रमा २ महिनासम्मका लागि निशेधाज्ञा

मोरङ खबर 409+ समाचार ( )
३१ भाद्र २०८०, आइतबार

मोरङ । जिल्ला प्रशसन कार्यालय मोरङले विराटनगरका बिभिन्न क्षेत्रलाई २ महिनाका लागि निषेधित क्षेत्र तोकेको  छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आज सूचना जारी गर्दै कोशी प्रदेशसभा क्षेत्र, मुख्यमन्त्री कार्यालय तथा निवासको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवासको क्षेत्र र जिल्ला प्रशासन कार्यालय आसपासको क्षेत्रलाई २ महिनाका लागि निशेधित क्षेत्र तोकेको हो । 
पहिचानवादीहरुले गर्ने प्रदर्शनलाई ध्यानमा राखेर भोलिबाट लागु हुने गरि  २ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको बुझिएको छ । 
पहिचानवादीहरुले संविधान दिवसको अवसर पारेर विराटनगरमा प्रदर्शनको तयारी गरेको बताइएको छ । प्रदशनलाई ध्यानमा राखेर जिल्ला प्रशासनले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कोशी प्रदेश अन्तर्गत मोरङ जिल्ला स्थित विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखि विविध समूह लगायतबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहने भन्दै निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रशासनले यस्ता समुहको गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवद्वारा हस्ताक्षरित सुचनामा सर्वसाधारण तथा सवारी साधन आवत जावत बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, ज्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेध गरिएको जनाइएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार