मुख्य समाचार
विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने |

रोकियो झरी, ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्को भनाइ

मोरङ खबर 471+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

काठमाडौं ।  देशका धेरै ठाउँमा लगातार तीन दिनदेखि परेको झरी रोकिएको छ । गएरातिदेखि नै मौसममा सुधार देखिएको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । झरी रोकिएसँगै देशका धेरै ठाउँमा घाम लागेको छ । अब तत्काललाई ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताउनुभयो । मनसुनी प्रणाली कायमै रहेकाले बेलुकीपख भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा र बाँकी प्रदेशका एक÷दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । झरी रोकिएसँगै किसानलाई राहत मिलेको छ । लगातारको झरीका कारण तराई क्षेत्रमा पाकेको धानमा नोक्सानी हुन थालेको थियो ।

तत्काल अब लगातार झरीको सम्भावना नरहेकाले घाम लागेका बेला धान काट्न किसानलाई विज्ञको सुझाव छ । यसपालि मनसुन लम्बिएको छ । गएको जेठ ३१ गते नेपाल भित्रिएको मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् गएको १५ गतेसम्म रहने भनिए पनि यसपालि लम्बिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार