मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

कविता
हाम्रो केराबारी

मोरङ खबर 482+ समाचार ( )
- घनश्याम खतिवडा
२३ असार २०८०, शनिबार

हाम्रो केराबारी                                  

तराईको घाँच उत्तर पहाड जति जम्मै ।                              

महाभारत डाँडा दक्षिण जंगल बिच सम्मै । ।                          

पश्चिम धरान पूर्व लेटाङ बगैंचा र टारी ।

जता हेरो हेरौ लाग्ने हाम्रो केराबारी     ।।                                                            

                              (१)                   

भोगटेनी पाटी गाउँ हेरि रहौं लाग्छ । 

जेफाले र तोपथुंकीले पर्यटकलाई डाक्छ ।। 

धरातल विविध छन् गुराँसका घारी । 

हामीलाई प्यारो लाग्छ हाम्रो केराबारी ।।

                           (२) 

हुर हुरे  र मुगु अनि भलुवा, खदम खोला ।

हाम्रो प्यारो माटोलाई भिजाउँदै होला ।।

प्राकृतिक  श्रोत अनेक सखुवाको घारी ।

याङ्शिला र बत्तिसजुरे हाम्रो केराबारी ।।

                         (३) 

खदम क्याम्पस मच्छिन्द्र र विद्यालय हाम्रा ।

दसै वडा एकजुट बनौं विकास गर्दै राम्रा ।।

हरियाली कृषि उद्यम हाम्रा खेत बारी ।

मिलीजुली बस्छौं हामी हाम्रो केराबारी ।।

                                          केराबारी, २०७७ फागुन, घनश्याम खतिवडा

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार