मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

सुन्दरहरैँचामा नागरिकताको अनलाइन सिफारिस सेवा सुरु

मोरङ खबर 485+ समाचार ( )
२८ माघ २०८१, सोमबार

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङको सहजीकरणमा सोमबार आयोजित विशेष कार्यक्रममार्फत सेवा सुरु गरिएको हो ।

नगरपालिकामा आयोजित कार्यक्रममा नगर उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वडा नम्बर १२ का वडाध्यक्ष एवं नगर प्रवक्ता रोशनप्रसाद ढकाल र ८ न. वडाका  वडाध्यक्ष खेमप्रसाद न्यौपानेले संयुक्तरूपमा अनलाइन सिफारिस सेवा सुरु गर्नुभयो । कार्यक्रममा कोशी प्रदेश सभाका पूर्वसदस्य लोकप्रसाद संग्रौलाको पनि उपस्थिति रहेको थियो । 

नगर उपप्रमुख चौधरीले अनलाइन प्रणालीले सेवाग्राहीलाई छिटोछरितो रूपमा नागरिकता प्राप्त गर्न सहयोग पुर्याउने र प्रशासनिक झञ्झट हटाउने विश्वास व्यक्त गर्नुभयो । अब सफ्टवेयर प्रणालीमा प्रविष्ट विवरणहरू गृह मन्त्रालय अन्तर्गतको नागरिकता फाँटमा रजिष्टेशन कोडका आधारमा पठाइने भएकाले सेवाग्राहीले सिफारिसका पत्रहरू जिल्ला वा इलाका प्रशासन कार्यालयमा लैजानुपर्ने बाध्यता हट्नेछ ।

यस सेवामार्फत अब नागरिकता सिफारिसका लागि कार्यालयमा आउने झन्झट बेहोर्नु नपर्ने भएको छ । अनलाइन प्रणाली प्रयोग गरेर सिफारिस प्रक्रिया पूरा गर्न सकिने भएकाले यो सेवाले सेवाग्राहीको समय, पैसा र श्रम बचत हुनेछ ।   

सेवाको सुरुवातसँगै सुन्दरहरैँचा नगरपालिकाले प्रविधिको उपयोगमार्फत जनतालाई छरितो र प्रभावकारी सेवा उपलब्ध गराउनेतर्फ एक महत्वपूर्ण कदम चालेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार