मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

सुन्दरहरैँचामा मौरि प्रवर्धन कार्यक्रम सुरु, २ सय ६ घार मौरि वितरण

रेवती रमण निरौला 160+ समाचार ( )
१४ पौष २०८१, आइतबार

सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिकाले मौरिपालन प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालित कार्यक्रम अन्तरगत नगरपालिकाले मौरिपालनका लागि कृषकहरुलाई घारसहितको मौरि र त्यसका सहायक सामाग्रीहरु वितरण गरेको छ ।

चालु आर्थिक वर्षमा कृषकहरुको समेत २५ प्रतिशत लागत सहभागीतामा २५ लाख बजेटको कार्यक्रम अन्तरगत नगरपालिकाका २१ घर परिवारलाई २ सय ६ वटा स्थानीय सेरेना जातका मौरिसहित घार र सहायक सामाग्री वितरण गरेको नगरपालिकाको कृषि शाखाका प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिनुभयो । 

मौरिपालनका लागि इच्छुक कृषकहरुलाई कार्यक्रममा सहभागिताका लागि आवेदन आह्वान गरि कृषक छनौट गरेर तालिम समेत प्रदान गरेर घारसहित मौरि र सहायक सामाग्रीहरु वितरण गरिएको उहाँको भनाइ छ । 

नगर प्रमुख केदारप्रसाद गुरागाईंले नगरपालिकामा ठूलो मात्रामा तोरि खेति हुने गरेकाले समेत मौरिपालनको प्रचुर संभावना देखिएकाले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । मौरिपालनले मह उत्पादनका साथै तोरि उत्पादनमा समेत मद्दत पुग्ने भएकाले नगरपालिकाले मौरिपालनलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

नगर प्रमुख गुरागाईँले नगर क्षेत्रमा हात्तीको आतंक देखिएकाले त्यसको नियन्त्रणका लागि समेत नगरको जंगल क्षेत्र आसपासका कृषकहरुलाई मौरिपालन जोड्दै जाने जानकारी दिनुभयो । 

उहाँले सरकारले उपलब्ध गराएको मौरि र सामाग्रीहरुबाट मह उत्पादन गरि भरपुर लाभ लिन कृषकहरुलाई आग्रह गर्दै दुरुपयोग भएको पाइए नगरपालिकाले गरेको लगानी असुल उपर गरिने समेत उल्लेख गर्नुभयो ।   

आइतबार नगर प्रमुख केदार प्रसाद गुरागाईँ, उपप्रमुख अकली चौधरी, विभिन्न वडाका वडाध्यक्ष, कृषि शाखाका कर्मचारी लगायतको टोलीले नगरपालिकाले मौरि प्रदान गरेका कृषकहरु भेटि आवश्यक परामर्श प्रदान गर्नुका साथै मौरिको अवस्था बारे अनुगमन गरेको थियो ।

नगरपालिकाले निश्चित समयमा नियमिति रुपमा मौरिको अवस्था बारे अनुगमन गर्दै जाने कृषि शाखाका प्राविधिक सुदीप भण्डारीले जानकारी दिनुभयो ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार