सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकामा ‘दोस्रो उपमेयर कप अन्तर–पालिका स्तरीय महिला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सिद्धार्थ युवा समाज क्लव सुन्दरहरैँचा ६ को आयोजना तथा सुन्दरहरैँचा नगरपालिका खेलकुद विकास समितिको मुख्य सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
यहि पौष १७ गतेदेखि १९ गतेसम्म सुन्दरहरैंचा–७ स्थित गछिया खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि पौष १६ गतेसम्म टीम दर्ता गर्नुपर्ने जनाइएको छ । दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमले ट्रफिसहित नगद १ लाख २५ हजार, दोश्रोले नगद ६२ हजार ५ सय र उत्कृष्ट खेलाडीलाई नगद २५ सय प्रदान गरिने आयोजक क्लवका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।