मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

नगेन्द्र कटुवालको “देश बचाउन युवा उठ” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

मोरङ खबर 473+ समाचार ( )
१ असार २०८१, शुक्रबार

इटहरी । युवाहरुमा राष्ट्रियताको भावना जगाउने उद्देश्यका साथ गायक नगेन्द्र कटुवालले “देश बचाउन युवा उठ” बोलको राष्ट्रिय गीत निर्माण गर्नु भएको छ । कटुवालले निर्माण गरेको गीतको म्युजिक भिडियो शुक्रबार सुनसरीको इटहरीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच   सार्वजनिक गरिएको छ । 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभयो । भिडियो सार्वजनिक गर्दै पूर्वमुख्यमन्त्री राईले गीतले युवाहरु देशप्रति संवेदनशील हुनुपर्ने सन्देश बोकेको भन्दै देशभक्ति जगाउने यस्ता गीतहरु अझै निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै कोशी प्रदेशका पूर्वउपसभामुख सरस्वती पोखरेलले गीतको माध्यमबाट युवाहरुमा देशभक्ति भावना जगाउन सकिने भन्दै गीत देशभक्ति जागृत गर्ने भरपर्दो माध्यम बनेको बताउनुभयो ।  

कार्यक्रममा बोल्दै गायक नगेन्द्र कटुवालले नेपालीहरुमा रहेको देशभक्तिको भावना अझ प्रगाढ बनाउन मद्दत पुगोस् भनेर म्युजिक भिडियोसहितको राष्ट्रिय गीत निर्माण गरेको जानकारी दिनुभयो ।  

काव्यकला क्रिएशनको प्रस्तुति रहेको गीतमा नरेश खड्काको शब्द तथा बलराम समालको संगीत रहेको छ । गीतको म्युजिक भिडियो काव्यकला क्रिएशनका रोहित खनालले निर्देशन तथा सम्पादन गरेका हुन् भने केशव खनालले छायाँकन गरेका हुन् । राष्ट्रियताको भावनाबाट ओतप्रोत गीतमा युवाहरु देशप्रति जिम्मेवार रहनु पर्ने भन्ने सन्देश दिन खोजिएको छ ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार