मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क

मोरङ खबर 482+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

शिवशंकर परिहस्त

विराटनगर । विराटनगरमा आगामी असोज ६ गतेदेखि दशैँको अवसर पारेर पाँचौँ संस्करणको विराट सडक महोत्सव–२०८२ सुरु हुने भएको छ । महोत्सवको आयोजक मञ्जिना मुभिज क्रियसन विराटनगरले आज विहीबार नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष जतिन ताम्राकारले विराटनगरको मुटु महेन्द्र चौकस्थित हिमालय रोडमा असोज ६ गतेदेखि असोज ११ गतेसम्म ५ दिन महोत्सव सञ्चालन हुने जानकारी दिनुभयो । महोत्सवमा विभिन्न जातजातिका परिकारका करिब २५ स्टल रहने तथा स्टार होटलका खानपीनदेखि स्थानीय स्वादका परिकार समेत उपलब्ध हुने उहाँको भनाइ छ । 

सांगीतिक कार्यक्रमलाई विशेष आकर्षणको रुपमा राखिएको महोत्सवमा दैनिक साँझ मनोरञ्जनात्मक प्रस्तुति हुने जनाइएको छ । देशका ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहने महोत्सवलाई १०० प्रतिशत सुरक्षा व्यवस्थासहित भव्यरुपमा आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

महोत्सवमा हिमालयन रोडका व्यवसायी तथा व्यापारीहरूले पनि आफ्ना पसलहरू नियमित रुपमा सञ्चालन गर्न पाउने व्यवस्था मिलाइने आयोजकले जनाएको छ । महोत्सवमा प्रवेश निःशुल्क गरिनेछ ।

संस्कृति र परम्परालाई जिवन्त राख्दै महान चाड दशैँमा सवै वर्गका व्यक्तिहरुलाई एकैथलोमा जोड्ने उद्देश्यले आयोजना गरिएको महोत्सव छिमेकी राष्ट्र भारतका जोगवनी, कटिहार र फार्विसगञ्जबाट विराटनगर आउने पाहुनाहरुलाई समेत लक्षित गरि सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन् । 

आयोजक मञ्जना मुभिज क्रियसनका अनुसार महोत्सवले विराटनगरको पहिचान, व्यापार र पर्यटकीय गन्तव्य प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार