मुख्य समाचार
इनरुवा र पूर्वपश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यू जारी | नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन | | नेपाल इन्फास्ट्रक्चर (निफ्रा) को नाफा घट्यो २० प्रतिशत, छैन निस्क्रिय कर्जा | ‘हली’ को विराटचोकमा भयो भव्य प्रचार, नायक सरोज खनालसहितका कलाकारसँग नाचे विराटचोकवासी | भोजपुरमा तीन रोपनीमा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट | विवरण अद्यावधिक नगरेका कम्पनीले असोज मसान्तभित्र विवरण बुझाए जरिवाना र शुल्क मिनाहा हुने | लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न | कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने |

इनरुवा र पूर्वपश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यू जारी

मोरङ खबर 493+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

इनरुवाः कप्तानगञ्ज घटनापछि स्थिति अझैसम्म पनि सामान्य नभएकाले जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेशअनुसार तोकिएको चार किल्ला र सिमानाभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाइने भएको हो ।

प्रशासनले पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिण तर्फ पूर्वपश्चिम राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म सो आदेश जारी गरेको हो ।

त्यस्तै, इनरुवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार