मुख्य समाचार
लियो डिस्ट्रिक्ट ३२५ सी नेपालको प्रशिक्षण सम्पन्न | कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ |

अब समलावासीले कुवा र खोल्सा धाउनु पर्ने दिन गए....... (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

लेटाङ । लेटाङ नगरपालिकाको पर्यटकीय क्षेत्र लेटाङ ७ समलामा खानेपानी आयोजना सञ्चालनमा आएको छ । पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्दै आएको समला क्षेत्रमा खानेपानी अभाव हुँदा स्थानीयवासीलाई निकै समस्या परेको थियो । गाउँघरमै प्रयोग गर्ने खानेपानीका लागि खहरे खोल्सा धाउनुपर्ने झन्झट झेल्दै आएका समलावासीलाई पर्यटकहरुका लागि पानी जोहो गर्नुपर्दा अझ समस्या थपिएको थियो ।

यसअघि सञ्चालनमा आएको लुमाइ खानेपानीले माग धान्न नसकेपछि स्थानीयवासी सुख्यायाममा खानेपानीका लागि स्थानीय कुवा र खोल्सामा धाउन बाध्य बनेको स्थानीयवासी राजविक्रम राई राई बताउनुहुन्छ ।  

गत आर्थिक वर्षमा लेटाङ नगरपालिकामार्फत ३४ लाख रुपैयाँको लागतमा समला डाँडामा खानेपानीको ट्यांकी निर्माण गर्नुका साथै खानेपानीको मुहान कालीखोलादेखि ट्यांकीसम्म करिव ६ किलोमिटर क्षेत्रमा पाइपलाइन जडान गरिएको थियो । 

पाइपलाइन जडान गरेपनि ट्यांकीबाट गाउँटोलसम्म धारा वितरण हुन नसकेकोमा चालु आर्थिक वर्षमा लेटाङ नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि स्थानीयको समेत लागत सहभागीतामा टोल टोलसम्म पाइप लाइन विस्तार गरिएको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो । 

उपभोक्ता समितिका अध्यक्ष पदमकुमार राईका अनुशार खानेपानीको ट्यांकीबाट करिव ३ हजार मिटर पाइपलाइन विस्तार गरि विभिन्न टोलामा १३ वटा धारा पुर्याइएको छ । समला क्षेत्रका पँधेरे, गरगरे, तीनपाटा, भीरगाउँ, कार्तिके, गहिरी टोल, डाँडा टोल र लाम्टे  का गरि ५७ घरधुरीलाई पुग्ने गरि धारा वितरण गरिएको हो । 

खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि समलावासी निकै हर्षित भएका छन् । अब भने कुवाबाट घण्टौँ लगाएर खानेपानी ल्याउनु पर्ने समलावासीको दुःखका दिन सकिएको अध्यक्ष राई बताउनुहुन्छ ।   पर्यटन क्षेत्रको रुपमा विकास हुँदै गएको समलामा रहेको खानेपानीको निकै ठूलो समस्या समाधान भएपछि अब पर्यटन विकासले पनि गति लिने उहाँको अपेक्षा छ । 

समला क्षेत्रमा विद्युतीकरण यसअघि नै भइसकेको छ भने कच्चि बाटो पुगेको पनि निकै वर्ष भयो । तर खानेपानीको भने सँधै अभाव रहँदै आएकोमा त्यो समस्या पनि टरेको छ । समला हुँदै जाने कालेबुदुली सडक कालोपत्रेका लागि ठेक्का लागेर काम हुँदै गरेकाले अब सो सडक निर्माण सम्पन्न भएपश्चात समला क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने कुरामा दुइमत छैन । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार