मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

उपमेयर कप महिला भलिवलको उपाधि आयोजक सुन्दरहरैंचालाई, लेटाङ उपविजेता

रेवती रमण निरौला 160+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

सुन्दरहरैंचा । सुन्दरहरैंचामा विहीबारदेखि सुरु भएर शनिबार सम्पन्न भएको पालिका स्तरीय उपमेयर कप महिला भलिवल प्रतियोगिताको उपाधि आयोजक सुन्दरहरैंचाले जितेको छ । शनिबार भएको फाइनल खेलमा लेटाङ नगरपालिकामाथि सोझो सेटमा सहज जीत दर्ता गर्दै सुन्दरहरैंचाले उपाधि जितेको हो । विजेता बनेको आयोजक सुन्दरहरैंचाले ट्रफिसहित भ्याटबाहेक नगद ५० हजार पाएको छ भने उपविजेता बनेको लेटाङले ट्रफिसहित भ्याटबाहेक नगद २५ हजार हात पारेको छ ।   

समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईं, लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावती, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, लेटाङकी उपप्रमुख कृष्ण कुमारी निरौला लगायतका अतिथिहरुले विजेता तथा उपविजेतालाई ट्रफि तथा नगद पुरस्कार प्रदान गर्नुभयो । 

विजेता सुन्दरहरैंचाले सेमिफाइनलमा बेलबारीलाई तथा उपविजेता लेटाङले पथरीशनिश्चरेलाई पराजित गर्दै फाइलनमा पुगेका थिए । सुन्दरहरैँचा नगर खेलकुद विकास समितिको आयोजनामा सुन्दरहरैंचा १० स्थित सुकुना माविको खेल मैदानमा भएको प्रतियोगितामा सुन्दरहरैंचा, लेटाङ, बेलबारी, पथरीशनिश्चरे, रतुवामाई, केराबारी, कानेपोखरी र बुढीगंगा गरि जिल्ला भरिका ८ वटा टीम सहभागी भएको  सदस्यसचिव खड्गबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार