मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

लेटाङमा बाँसका फर्निचर बनाउने तालिम सुरु

मोरङ खबर 482+ समाचार ( )
२३ माघ २०८१, बुधवार

लेटाङ । लेटाङ नगरपालिकाले आदिवासी जनजाति समुदायका युवाहरुलाई लक्षित गरि बाँसका फर्निचर तथा सजावटका सामाग्री बनाउने तालिम सुरु गरेको छ । 

लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् लेटाङसँगको सहकार्यमा “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत स्वरोजगार“ भन्ने नाराका साथ बाँसका फर्निचर तथा सजावट सामग्री निर्माण गर्ने तालिम सुरु गरिएको हो । मंगलबारदेखि सुरु भएर चैत्र ७ गतेसम्म ४५ दिन सञ्चालन हुने तालिममा आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने १० जना प्रशिक्षार्थी सहभागी भएका छन् । 

    नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् लेटाङका अध्यक्ष बुद्धि चाम्लिङको अध्यक्षतामा तथा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौलाको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गरि तालिमको उद्घाटन गरिएको छ । 

तालिम उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख निरौलाले लेटाङ नगरपालिकाले स्वरोजगार तथा उद्यमशीलता प्रवर्धन गर्न सीप विकासलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले तालिमबाट सहभागीहरूले बाँसजन्य विभिन्न सामग्री निर्माणको सीप सिकेर नेपालमै उद्यम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।  

कार्यक्रममा निमित्त प्रमुख प्रशासनिक अधिकृत चेतनाथ गौतम, प्रशिक्षक उमेश राई, महिला, बालबालिका तथा राजस्व शाखा प्रमुख शुष्मा कोइराला, आदिवासी जनजाति महासंघ लेटाङ नगर उपाध्यक्ष सीता श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार