मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

नेकपा एमाले पालिका सभादल लेटाङको बैठक सम्पन्न, आगामी आ.व. को बजेटका विषयमा छलफल

मोरङ खबर 407+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

लेटाङ । नेकपा एमाले लेटाङ नगर कमिटीको पालिका सभा दलको बैठक शनिबार सम्पन्न भएको छ । नेकपा एमाले पालिका सभा दलका नेता तथा लेटाङ नगरपालिका प्रमुख भूपेन्द्रकुमार लावतीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर १ का इञ्चार्ज युवराज वास्कोटाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । 

  बैठकमा लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२ । ०८३ को नीति, कार्यक्रम तथा बजेट निर्माणको तयारी गरिरहेकाले सो विषयमा पालिका सभादलका सदस्यहरुसँग सुझाव माग गरिएको छ । लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न पक्षसँग सुझाव माग गरेकामा नेकपा एमाले पालिका सभा दलका सदस्यहरुबीच समेत छलफल गरि सुझाव माग गरिएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले जानकारी दिनुभयो । 

बैठकमा सहभागी नेकपा एमाले पालिका सभादलका सदस्यहरु तथा विभिन्न कमिटीका आमन्त्रित पदाधिकारीहरुले कृषि, पर्यटन, सडक, स्वास्थ्य, शिक्षा लगायतका विषयमा सुझाव दिएका छन् ।  

नेकपा एमाले लेटाङ नगर कमिटीका कार्यबाहक अध्यक्ष बालकुमार श्रेष्ठका अनुशार बैठकमा कृषि र पर्यटनमा ध्यान दिनुपर्ने, सडक मर्मत समयमा गर्नुपर्ने, कृषिको विउ मल समयमै उपलब्ध गर्नुपर्ने, स्वास्थ्य सुविधालाई स्तरोन्नती गर्नुपर्ने, शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने, वडा जोड्ने सडक कालोपत्रे गर्नुपर्ने, महिला लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने, तटबन्धनमा ध्यान दिनुपर्ने, लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्नूपर्ने, बजार सौन्दर्यकरण गर्नुपर्ने जस्ता विषय उठान भएका छन् । 

    बैठकमा नेकपा एमाले पालिका सभा दलका नेता तथा लेटाङ नगरपालिका प्रमुख भूपेन्द्रकुमार लावतीले नगरपालिकाको मध्यावधि समीक्षा समेत प्रस्तुत गर्नुभयो । सो क्रममा उहाँले भौतिक विकास सँगै सामाजिक विकास र सुशासनका क्षेत्रमा नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले निर्वाचन ताका पार्टीले निर्माण गरेको घोषणापत्रका प्रतिवद्धता कार्यान्वयन गर्नै अघि बढेको पनि जानकारी दिनुभयो ।  

नगर प्रमुख सभादलको नेता, उपप्रमुख उपनेता र नेकपा एमालेबाट निर्वाचित अन्य सबै जनप्रतिनिधिहरु सभादलको सदस्यको रुपमा रहने गर्दछन् । बैठकमा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु, पूर्वसदस्यहरु, नगर कमिटीका पदाधिकारी तथा सचिवालय सदस्य र वडा कमिटीका अध्यक्षहरुलाई समेत सहभागि गराइएको थियो ।    

बैठकमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर १ का इञ्चार्ज युवराज वास्कोटा, नेकपा एमाले पालिका सभा दलका नेता, लेटाङ नगरपालिका प्रमुख तथा नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवलाय सदस्य भूपेन्द्रकुमार लावती र  नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य दिपेश राईले सम्बोधन गर्नुभयो । 

प्रतिक्रिया

ललित बहादुर २९ जेठ २०८२, बुधवार

मिसन ८४को लागि दरो तयारी गर्नु पर्छ है नत्र सुलि च्यापिएला ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार