मुख्य समाचार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार |

लेटाङ र सुन्दरहरैँचा उपमेयर कप भलिवलको सेमिफाइलनमा प्रवेश

मोरङ खबर 484+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

सुन्दरहरैंचा । सुन्दरहरैंचामा विहीबारदेखि सुरु भएको पालिका स्तरीय उपमेयर कप महिला भलिवल प्रतियोगिता अन्तरगत पहिलो दिन भएका २ खेलमा लेटाङ र आयोजक सुन्दरहरैंचा विजयी भएका छन् । सुन्दरहरैँचा नगर खेलकुद विकास समितिको आयोजनामा सुन्दरहरंैचा १० स्थित सुकुना माविको खेल मैदानमा भएको उद्घाटन खेलमा सुन्दरहरैँचा नगरपालिकाले बुढीगंगा गाउँपालिकालाई २ ० को सोझो सेटमा पराजित गरेको हो । सुन्दरहरैँचाले बुढीगंगालाई पहिलो सेटमा २५ १२ र दोस्रो सेटमा २५ ११ ले पराजित गर्यो ।

यसैगरि दोश्रो खेलमा लेटाङ नगरपालिकाले बेलबारीलाई २ ० को सेटमा नै पराजित गरेको छ । लेटाङले पहिलो सेटमा २५ २३ र दोस्रो सेटमा २५ १९ ले बेलबारीलाई पराजित गरेको हो । विजयी भएका दुवै टीमले सेमिफाइलनमा स्थान पक्का गरेका छन् । 

प्रतियोगिताको विजेताले ट्रफिसहित ५० हजार र उपविजेताले ट्रफिसहित २५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा मोरङ जिल्ला भरिका ८ वटा टीम सहभागी रहेका छन् । भोलि शुक्रबारको खेल रतुवामाई र कानेपोखरी तथा पथरी र केराबारीबिच हुने  सदस्यसचिव खड्गबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

नगर उपप्रमुख तथा नगर खेलकुद विकास समिति उपाध्यक्ष अकली चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिता उद्घाटन गर्दै राईले खेलकुदले गाउँ नगरलाई मात्रै नभएर देशलाई चिनाउने भएकाले यसको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो ।   

यस्तै उपप्रमुख अकली चौधरीले नगर तथा देशको गौरव बढाउनुका साथै स्वास्थ्यका लागि समेत खेलकुद आवश्यक भएको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरका विभिन्न शाखाका प्रमुख, राजनीतिक दलका प्रमुख तथा  प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार