मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

"वाँसवारी पानीट्याङ्की" लाई नमूना टोल बनाउने अभियान सुरु

मोरङ खबर 407+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ४ स्थित वाँसवारी पानीट्याङ्की टोलका वासिन्दा आफ्नो टोललाई नमूना टोल बनाउने अभियानमा जुटेका छन् ।  टोल विकास संस्थाको अगुवाइमा भएको अभियान अन्तरगत संस्थाले साप्ताहिक रुपमा हरेक शनिबार विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्न थालेको हो । संस्थाले स्थानीय भलुवा खोलाको सरसफाई गर्दै अभियानको शुभारम्भ गरेको छ ।

वर्षायाममा स्थानीय भलुवा खोला थुनिएर बाढी वस्तीमा पस्ने गरेकाले वर्षायाम अघि नै सरसफाई गरि झोड्ने काम गरिएको स्थानीय समाजसेवी सागर प्र्र्र्रसाद जम्मर कट्टेलले जानकारी दिनुभयो । सुन्दरहरैंचा ४ का वडाध्यक्ष कैलाश बस्नेतको समेत उपस्थितिमा टोल विकासका पदाधिकारीहरु, सदस्यहरु र स्थानीयवासीको स्वतस्फूर्त सहभागितामा सरसफाई गरिएको उहाँको भनाइ छ । 

टोली विकास संस्थाकी अध्यक्ष भीमा राई कार्कीको अगुवाइमा टोललाई नमुना बनाउने अभियान अन्तरगत पहिलोचरणमा सरसफाई गरिएको हो । अगामी दिनमा पनि साप्ताहिक रुपमा सरसफाई, वृक्षारोपण, रक्तदान, क्षमता विकास तालिम, शीप मुलक तालिम लगायतका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार