मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा भव्यताका साथ मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस

मोरङ खबर 407+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

- रामचन्द्र निरौला 

लेटाङ । १ सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार लेटाङ नगरपालिकामा भव्य कार्यक्रम गरिएको छ ।

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षतामा नगरपालिका परिसरमा भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी, विभिन्न संघ सँस्थाका प्रतिनिधि तथा स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो अवसरमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्नुका साथै म्युजिकल चेयर र तातो आलु जस्ता मनोरञ्जनात्मक खेल पनि खेलाइएको थियो ।   

वडास्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएकोमा वडा नम्बर २ प्रथम, वडा नम्बर ९ दोस्रो र वडा नम्बर १ तेस्रो भएका छन् ।

यस्तै म्युजिकल चेयरमा मिनाक्षी राई प्रथम, यसोदा दुलाल दोस्रो र मिरा निरौला तेस्रो भएका छन् भने तातो आलु प्रतियोगितामा सिद्दिमा राई प्रथम, तृष्णा घिमिरे दोस्रो, र एलिशा चौधरी तेश्रो भएका छन् । विजेता सबै जनालाई नगद पुरस्कार प्रदान गरिएको छ । 

महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्रमा श्रम गर्ने ९ जना महिलाहरूलाई उनीहरुको योगदानको कदर गर्दै सम्मानपत्र र मायाको चिनो प्रदान गरि विशेष सम्मान गरिएको छ ।  कार्यक्रममा नगर प्रहरी अनिता लिम्बूले आकर्षक मारुनी नृत्य प्रस्तुत गरिन् भने लेटाङ ५ का महिलाहरुले नौमती बाजा बजाएर कार्यक्रमलाई उल्लासपूर्ण बनाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार