मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

मोरङको लेटाङ जाँतेमा बन्यो विश्वकै ठूलो जाँतोको प्रतिमा (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
४ श्रावण २०८१, शुक्रबार

लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेमा विश्वकै ठूलो जाँतोको प्रतिमा निर्माण गरिएको छ । शुक्रबार लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले विशेष कार्यक्रमकाबीच लेटाङ-९ जाँतेस्थित धार्मिक चौकमा निर्माण गरिएको जाँतोको प्रतिमा अनावरण गर्नुभयो । पूर्वपश्चिम राजमार्गस्थित पथरी बजारबाट लेटाङ नगरपालिकाको वडा नम्बर ९ जाँते जाने क्रममा जंगल क्षेत्र र जाँतेगाउँको सिमानास्थित धार्मिक चौकमा निर्माण गरिएको जाँतोको प्रतिमा शुक्रबार अनावरण गरिएको हो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले जाँतोको प्रतिमा अन्यत्र विरलै बनेको हुनसक्ने भन्दै अलग पहिचानसहितको पर्यटकीयस्थलको रुपमा विकास भएको बताउनुभयो । जाँतोको प्रतिमासहित विभिन्न धार्मिक आस्थाका प्रतिकहरु समेत राखिएकाले अझ फरक विशेषता र एकताको सन्देश गएको उहाँको भनाइ छ । 

नगर प्रमुख लावतीले आफुले २०७४ सालमा नगर प्रमुखको उम्मेदवार हुँदै गर्दा जाँतोको प्रतिमा बनाउने कुरा घोषणापत्रमा राखेको स्मरण गर्दै त्यो समपना पुरा भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले धार्मिक चौक आसपासको क्षेत्रको थप विकासका लागि नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । 

तत्कालिन जाँते गाविसको रुपमा रहेको यस क्षेत्रसँगै जोडिएको तेली खोलाबाट परापूर्वकालमा जाँतो बनाएर लैजाने गरेका कारण यस गाउँको नाम जाँते रहन गएको किवंदन्ती छ । सोहि किवंदन्तीलाई साकाररुप दिन तेली खोलाबाटै ल्याएको ढुंगाबाट जाँतोको सालिक निर्माण गरि धार्मिक चौकमा स्थापना गरिएको हो । जाँतेको पहिचानलाई संरक्षण गर्नका लागि जाँतोको प्रतिमा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष विमल लिम्बूले जानकारी दिनुभयो । 

जाँतोको प्रतिमासहितको संरचना निर्माण गर्न प्रदेश सरकार, नगर, वडा र स्थानीय वन उपभोक्ता समूहबाट गरेर कूल १४ लाख ६७ हजार ३ सय रुपैयाँ खर्च भएको छ । जसमा प्रदेश सरकारबाट ९ लाख ५५ हजार ७ सय, लेटाङ नगरपालिका र वडा कार्यालयबाट संयुक्तरुपमा ४ लाख ११ हजार र स्थानीय बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहबाट १ लाख प्राप्त भएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । 

जाँतोको प्रतिमा राख्नका लागि ९ फिट अग्लो चर निर्माण गरि रेलिङ र इन्टरलक बिछ्याएर रङरोगन समेत गरि सौन्दर्यकरण गरिएको छ । साथै स्थानीय धार्मिक साँस्कृतिक पहिचान झल्काउने र जनजीवन दर्शाउने चित्रहरु समेत अंकित गरिएको छ । संरचनाको उत्तर र दक्षिणतर्फ राष्ट्रिय झण्डाका साथै विभिन्न जातिय तथा धार्मिक पहिचान झल्काउने झण्डाहरु राखिएको छ ।

धार्मिक चौकको आसपासमा संस्कृत पाठशाला, शान्तिदीप बौद्धगुम्बा, किराँत मन्दिर, विश्वकर्मा मन्दिर, सकेला थान लगायतका धार्मिकस्थलहरु रहेका छन्  । यस क्षेत्रलाई वृहत धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ नगरपालिकाले गुरुयोजना समेत निर्माण गरिसकेको छ । २०७५ फागुनमा शिलान्यास गरिएकोमा साढे ५ वर्षपछि जाँतोको प्रतिमा सहतिको संरचना निर्माण सम्पन्न गरिएको हो । जाँतेको प्रतिमा मूर्तिकार ओमप्रकाश विश्वकर्माले बनाउनु भएको हो भने घनश्याम राईले विभिन्न कलात्मक चित्र कोर्नु भएको हो ।  

प्रतिमा उद्घाटन कार्यक्रममा लेटाङ ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा लगायतका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दल संघसँस्था र धर्मसम्प्रदायका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

युट्युवमार्फत भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार