मुख्य समाचार
सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार | बढ्यो सुनचाँदीको मूल्य | १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने |

सुन्दरहरैँचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि

मोरङ खबर 482+ समाचार ( )
१७ पौष २०८१, बुधवार

विराटचोकः सुन्दरहरैँचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि फागुन १० गतेसम्म हुने भएको छ । आज बुधबार मेला स्थल वडा नम्बर १० स्थित विराटचोकमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा मेला सञ्चालन विषयमा छलफल भएको हो । सुन्दरहरैंचामा निर्माण गर्न बाँकी रहेका सार्वजनिक शौचालय निर्माण गर्न मेला लगाउन लागिएको हो । मेला आगामी माघ ३० गतेदेखि फागुन १० गतेसम्म मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा हुन लागेको हो । कार्यक्रममा मेला मूल समारोह समिति संयोजक भोलेश्वर दुलालले सबै क्षेत्रको सहकार्यले मेला सफल हुने भन्दै यस क्षेत्रको गरिमा र प्रतिष्ठालाई बढाउन सबैसँग छलफल अन्तरक्रिया गरिने बताउनुभयो । विराटचोकमा १० वर्षका लागि करिब ३ बिघा जग्गा भाडामा लिएर उद्योग वाणिज्य संघले मेला लगाउन लागेको हो । यस पटक नयाँ प्रविधिबाट स्टल बनाउन लागिएको जनाउँदै ह्याङ्गरबाट डोम निर्माण गरी हावाहुरी र पानीले कुनै समस्या नहुने गरी स्टल बनाइने उहाँले जानकारी दिनुभयो ।

आगामी दिन मेला लगाउन मात्र नभएर बहुप्रयोजनका लागि जग्गा भाडामा लिइएको हो । स्थायी रूपमा कम्पाउण्ड, शौचालय, गेट र मञ्च सो जग्गामा बनाइने सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । मेलामा खेलकुद, बाल उद्यान, मनोरञ्जन, अटो मोबाइल, कृषि, पर्यटन, व्यापारका साथै नयाँ प्रविधि एआईको प्रयोग र उपयोगबारे जानकारी गराउने स्टल समेत रहने एक्स्पो मूल समारोह समितिका संयोजक दुलालले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले मेला लगाउने विषय सम्बन्धित क्षेत्रलाई दिइने निर्णय भएबमोजिम आफू यसलाई सधैँ कार्यान्वयन गर्ने कुरामा प्रतिबद्ध रहेको बताउनुभयो । ‘यो मेला लगाउन धेरै माग आएका छन्, कतिपय प्रलोभन पनि आए, तर म हुन्जेल मेला लगाउने विषयमा उद्योग वाणिज्य संघसँग समन्वय गरेर मात्रै लगाउने अनुमति दिनेछु’, नगरप्रमुख गुरागाईँले भन्नुभयो, ‘यस्तै मेलाका लागि अन्य जग्गा उपलब्ध गराउने विषयमा अध्ययन गरिनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार