मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

लेटाङ ८ लालझोडामा स्वास्थ शिविर सञ्चालन, ८० जना लाभान्वित

मोरङ खबर 485+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

लेटाङ । लेटाङ ३ स्थित एडभान्स हेल्थ केयर सेन्टरले नगरको पहाडी टोलवस्तीहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिएको छ । एडभान्स हेल्थ केयर सेन्टरले बुधबार लेटाङ ८ स्थित लालझोडा टोलमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

एमवीवीएस डाक्टर, हेल्थ एसिस्टेन्ट सहितको टोलीले लालझोडाबासीलाई लक्षित गरि स्थानीय सरस्वती आधारभुत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरबाट विद्यालयका विद्यार्थीहरुका साथै स्थानीय टोलबासीले रक्त समूह, सुगर, प्रेसर, आँखा र कान जाँच सेवा लिएका छन् । 

शिविरमा जम्मा ८० जनाले सेवा लिएकोमा ५२ जनाको रक्तसमूह जाँच, ५० जनाको मधुमेह जाँच, ५१ जनाको कोलेस्ट्रोल जाँच, ७० जनाको आँखा जाँच र ६० जनाको कान जाँच गरिएको हेल्थ  केयर सेन्टरका सञ्चालक इश्वर शाक्यले जानकारी दिनुभयो ।  

सो अवसरमा एडभान्स हेल्थ केयर सेन्टरले विद्यालयलाई अत्यावश्यक औषधिहरु सहितको प्राथमिक उपचार बासक समेत हस्तान्तरण गरेको छ । यसैगरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एडभान्स हेल्थ केयर सेन्टरले पोशाक वितरण गरेको छ । विद्यार्थीहरुलाई २५ थान ट्रयाकसुट वितरण गरिएको हो ।

लेटाङ ३ मा रहेर नगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको एडभान्स हेल्थ केयर सेन्टरले सामाजिक उत्तरदायीत्व अन्तरगत नगरका विकट टोलवस्तीहरुमा पुगेर पटक पटक स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै विभिन्न सामाग्रीहरु सहयोग गर्दै आएको छ । एडभान्सले यसअघि लेटाङ ७ को समला, फुर्केटार र लेटाङ १ का विभिन्न टोलबस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार