मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङको जाँतेमा भव्यताका साथ मनाइयो मदन स्मृति दिवस, मदन भण्डारीको योगदान बारे चर्चा (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

लेटाङ । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा   मोरङको लेटाङमा विशेष कार्यक्रम गरिएको छ । नेकपा एमाले लेटाङ नगर कमिटीको सहयोग तथा नेकपा एमाले लेटाङ ९ नम्बर शाखा कमिटीको आयोजनामा लेटाङ ९ जाँतेस्थित मदन चौकमा विशेष कार्यक्रम गरि स्मृति दिवस मनाइएको हो । 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सरकारका मन्त्री राम राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य विनोद ढकाल, युवराज वास्कोटा, कोशी प्रदेश सांसद् खड्ग बस्नेत, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती लगायतको आतिथ्यता रहेको थियो । 

स्मृति दिवसको अवसर पारेर लेटाङ ९ जाँतेस्थित मदन चौकमा रहेको जननेता मदन भण्डारीको शालिकलाई औपचारिक रुपमा स्थानान्तरण गरिएको छ । मदन भण्डारी राजमार्ग र पथरी जाँते ज्यामिरे सडकको चौवाटोमा रहेको शालिक दुर्घटनाको जोखिमलाई ख्याल गर्दै सडक किनारामा सारेर औपचारिक रुपमा स्थानान्तरण गरिएको हो । 

कार्यक्रमका प्रमुख आतिथि, विशिष्ट अतिथि लगायतका नेता कार्यकर्ताहरुले स्थानान्तरण गरिएको शालिकमा माल्यार्पण गर्दै जननेता मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राम राना मगरले जननेता मदन भण्डारीको योगदानको चर्चा गर्नुभयो । उहाँले मदन भण्डारीका आदर्शहरु अक्षरस पालना गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

इलामबाट निर्वाचित हुनु भएका प्रदेश सांसद रानाले इलामको उपनिर्वाचनको उदाहरण दिंदै नेकपा एमाले देशकै बलियो पार्टीको रुपमा प्रमाणित भएको उल्लेख गर्नुभयो । उहाँले नयाँ भन्दा पनि पुरानै दलहरु त्यसमा पनि नेकपा एमालेप्रति जनताको आशा भरोशा अझ बढेको भन्दै पुराना पार्टीहरु नयाँ तरिकाले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले जननेता मदन भण्डारीको दुर्घटनमा मृत्यु भएपनि विचार र सिद्धान्तको रुपमा उहाँ सँधै जीवित रहनु हुने बताउनुभयो । 

उहाँले मदन भण्डारीले पार्टीको मार्गदर्शन सिद्धान्तलाई संस्थागत गर्नुका साथै नेपाली राजनीतिक परिवर्तनको नेतृत्व समेत गर्नु भएको उल्लेख गर्नुभयो । नेता ढकालले वर्तमान अवस्थामा नयाँ राजनीतिक दल भन्दा पनि पुरानै दलहरुलाई नयाँ ढंगले अघि बढाउनु पर्नेमा जोड दिनुभयो । 

यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य युवराज वास्कोटाले मदन भण्डारीले नेपाली समाजको आम विविधतालई एकताको शुत्रमा जोड्ने काम गर्नु भएको बताउनुभयो । 

नेपाली क्रान्तिलाई नगारिकको सम्वृद्धि र अपेक्षासँग जोड्दै संसदीय अभ्यासबाट कम्युनिष्ट आन्दोलन अघि बढाउनुपर्छ भन्ने मदन भण्डारीको विचारकै कारण नेपाली कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गरेको उहाँको भनाइ छ ।  

कार्यक्रममा बोल्दै नेकपा एमाले कोशी प्रदेश सदस्य तथा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले मदन भण्डारीको राजनीतिक छवि देशमा मात्र सिमित नभएर अन्तर्राष्ट्रिय रुपमा कायम भएको बताउनुभयो । मदन भण्डारीले देखाउनु भएको बाटो आजपनि झन सान्दर्भिक र अझ उपयुक्त सावित हुँदै गएको उहाँको भनाइ छ । 

फरक प्रसंगमा नेता लावतीले नेकपा एमाले वडा कमिटीले सुझबुझ पूर्वक दुर्घटनाको जोखिमलाई मध्यनजर गरि शालिक व्यवस्थापन गरेको भन्दै धन्यवाद दिनुभयो ।

कार्यक्रममा कोशी प्रदेश सांसद् खड्ग वस्नेत, जिल्ला समन्वय समिति उपप्रमुख तथा अनेमसंघ मोरङ जिल्ला उपाध्यक्ष उशा झा लगायतले पनि बोल्नुभयो । नेकपा एमाले लेटाङ ९ नम्बर शाखा कमिटी अध्यक्ष वद्रीनारायण निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लेटाङ नगर कमिटी अध्यक्ष कृष्ण लुइँटेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन नगर कमिटी सचिव जीतबहादुर लामाले गर्नु भएको थियो । 

सो अवसरमा मदन भण्डारीको शालिक निर्माण गर्ने मूर्तिकार ओम प्रकाश विश्वकर्मालाई सम्मान समेत गरिएको थियो । 

कार्यक्रममा नेकपा एमालेका स्थानीयन नेता कार्यकर्ता, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लागयत दलका प्रतिनिधिहरु लागयत स्थानीयवासीको बाक्लो संख्यामा उपस्थिति रहेको थियो ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार