मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

वीके देवकोटाको दोश्रो स्मृति दिवस विविध कार्यक्रम गरि मनाइयो

रेवती रमण निरौला 160+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

लेटाङ । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व वीके देवकोटाको दोश्रो स्मृति दिवस आइतबार लेटाङमा विविध कार्यक्रम गरि मनाइएको छ । लेटाङ प्याव्सनको आयोजना तथा लेटाङ ५ स्थित लिटिल फ्लावर्स बोर्डिङ स्कुलको व्यवस्थापनमा वक्तृत्वकला प्रतियोगिता सहितका कार्यक्रम गरि देवकोटोका स्मृति दिवस मनाइएको हो । 

देवकोटाले स्थापना गरेको विद्यालय लिटिल फ्लावर्स बोर्डिङ स्कुलको सभाहलमा साहित्यकार अनिल पौडेलको प्रमुख आतिथ्यतमा पूर्वसांसद तथा साहित्यकार हर्कमान तामाङ, समालोचक लेखनाथ न्यौपाने, लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला लगायतको विशिष्ट आतिथ्यतामा देवकोटाको स्मृति दिवस मनाइएको हो । 

देवकोटाको स्मृति दिवसको अवसरमा लिटिल फ्लावरर्स बोर्डिङ स्कूल परिसरमा देवकोटाको स्मृतिमा निर्माण गरिएको पुष्प बाटिका र सभाहलको समेत उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार अनिल पौडेल, लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती लगायतका  अतिथिहरुले सभाहल र बाटिकाको उद्घाटन गर्नुभयो । 

सो अवसरमा लेटाङका नीजि विद्यालयका विद्यार्थीहरुबीच भएको वक्तृत्वकला प्रतियोगितामा लिटिल फ्लावर्स वोर्डिङ स्कूलकी छात्रा आयुस्मा लामा प्रथम भएकी छन् । 

यस्तै नोवेल एजुकेशन फाउण्डेशनकी छात्रा आकृति खड्का दोश्रो, पब्लिक सेन्टर स्कुलकी छात्रा इक्सा लिम्बू तेश्रो र मिनर्वा सकेण्डरी स्कूलकी छात्रा एलिना लिम्बू चौथो भएकी छन् । 

उनीहरुलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा लिटिल फ्लावर्स बोर्डिङ स्कुलबाट एसइइ परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान पनि गरिएको छ ।  

कार्यक्रममा बोल्दै वक्ताहरुले वीके देवकोटाको व्यक्तित्व तथा उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार