लेटाङ । नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।