मुख्य समाचार
नेपाल तरूण दल इटहरीको अधिवेसन सम्पन्न, नयाँ कार्य समिति चयन | लेटाङमा नीति निर्माणको नयाँ अभ्यास सुरु, विभिन्न पक्षसँग सुझाव माग | निरौला वन्धू सेवा समाजको १२ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा डाक्टर तुलशीप्रसाद निरौला | जनताले मिल्काएर, फ्याँकेर रछ्यानमा पुगिसकेको राजतन्त्र फर्कन सक्दैन : प्रधानमन्त्री ओली (भिडियोसहित) | नेकपा एमाले सुन्दरहरैँचाको अध्यक्षमा डिल्लीप्रसाद ढकाल विजयी | “लेटाङको न्यायिक अभ्यास” पुस्तक सार्वजनिक | लेटाङ नगरपालिकाद्वारा नीति तथा कार्यक्रम निर्माणका लागि नगरवासीसँग सुझाव माग | कमलपुर सामुदायिक वनद्वारा ४५ जना उपभोक्ताको निःशुल्क विमा | ईरान राईको कवितासंग्रह ‘इतिहास’ सार्वजनिक | साहित्य सदन नेपालको आयोजनामा कविता महोत्सव हुने |

नगरपालिकाले बजेट विनियोजन गरेपछि जाँते बजारमा वसपार्क निर्माण सुरु (भिडियोसहित)

मोरङ खबर 363+ समाचार ( )
१४ माघ २०८०, आइतबार

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ८ स्थित जाँते बजारमा वसपार्क निर्माण कार्य सुरु गरिएको छ । लामो समयसम्म बसपार्क नहुँदा समस्या हुँदै आएकोमा जाँते बजारको डाँडागाउँमा स्थानीय दाताहरुले वसपार्क निर्माणका लागि जग्गा दान दिएपछि निर्माण प्रकृया सुरु गरिएको हो ।

वसपार्क निर्माणका लागि लेटाङ नगरपालिकाले ६ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ भने उपभोक्ताहरुबाट ७३ हजार बराबरको जनसहभागिता रहनेछ । हाल पहिलो चरणमा वसपार्कको बाहिरी सिमाना निर्धारणका लागि ४ फुट अग्लो पर्खाल लगाउने काम सुरु गरिएको छ । पौस १६ गते सम्झौता गरि काम थालिएकोमा चैत्र मसान्तसम्म निर्माण गरिसकिने उपभोक्ता समितिका अध्यक्ष सुधिर कुमार बोहोराले जानकारी दिनुभयो । 

वसपार्क निर्माणका लागि स्थानीय बल बहादुर लिम्बूबाट २ कठ्ठा, जयप्रसाद महतबाट २ कठ्ठा, पदम प्रसाद लावतीबाट २ कठ्ठा र उपभोक्ता समिति अध्यक्ष सुधिर कुमार बोरोबाट १० धुर जग्गा प्राप्त भएको छ । घेरावारा सकिएलगत्तै वसपार्कसम्म जाने दुइतर्फि बाटो निर्माण गरेर वसपार्क सञ्चालन गरिने बताइएको छ ।

वसपार्क निर्माण भएपछि धनकुटा लगायत लेटाङकै पहाडी क्षेत्रबाट आउने सवारी साधन तथा जाँतेबाट विराटनगर, धरान, काठामाडौं, काँकडभिट्टा लागयतका सहरसम्म छुट्टे सवारी साधन एकैठाउँमा व्यवस्थापन गरिने अध्यक्ष बोहोराले जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो समाचार । 

भिडियो सामाचार हेर्न दिइएको  लिंक क्लिक गर्नुहोला । https://fb.watch/pS9xUTQpPV/

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार