मुख्य समाचार
लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) |

नगरपालिकाले बजेट विनियोजन गरेपछि जाँते बजारमा वसपार्क निर्माण सुरु (भिडियोसहित)

मोरङ खबर 405+ समाचार ( )
१४ माघ २०८०, आइतबार

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ८ स्थित जाँते बजारमा वसपार्क निर्माण कार्य सुरु गरिएको छ । लामो समयसम्म बसपार्क नहुँदा समस्या हुँदै आएकोमा जाँते बजारको डाँडागाउँमा स्थानीय दाताहरुले वसपार्क निर्माणका लागि जग्गा दान दिएपछि निर्माण प्रकृया सुरु गरिएको हो ।

वसपार्क निर्माणका लागि लेटाङ नगरपालिकाले ६ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ भने उपभोक्ताहरुबाट ७३ हजार बराबरको जनसहभागिता रहनेछ । हाल पहिलो चरणमा वसपार्कको बाहिरी सिमाना निर्धारणका लागि ४ फुट अग्लो पर्खाल लगाउने काम सुरु गरिएको छ । पौस १६ गते सम्झौता गरि काम थालिएकोमा चैत्र मसान्तसम्म निर्माण गरिसकिने उपभोक्ता समितिका अध्यक्ष सुधिर कुमार बोहोराले जानकारी दिनुभयो । 

वसपार्क निर्माणका लागि स्थानीय बल बहादुर लिम्बूबाट २ कठ्ठा, जयप्रसाद महतबाट २ कठ्ठा, पदम प्रसाद लावतीबाट २ कठ्ठा र उपभोक्ता समिति अध्यक्ष सुधिर कुमार बोरोबाट १० धुर जग्गा प्राप्त भएको छ । घेरावारा सकिएलगत्तै वसपार्कसम्म जाने दुइतर्फि बाटो निर्माण गरेर वसपार्क सञ्चालन गरिने बताइएको छ ।

वसपार्क निर्माण भएपछि धनकुटा लगायत लेटाङकै पहाडी क्षेत्रबाट आउने सवारी साधन तथा जाँतेबाट विराटनगर, धरान, काठामाडौं, काँकडभिट्टा लागयतका सहरसम्म छुट्टे सवारी साधन एकैठाउँमा व्यवस्थापन गरिने अध्यक्ष बोहोराले जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो समाचार । 

भिडियो सामाचार हेर्न दिइएको  लिंक क्लिक गर्नुहोला । https://fb.watch/pS9xUTQpPV/

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार