लेटाङ । लेटाङ नगरपालिकाले दादुरा रुवेला खोप अभियान सञ्चालनका लागि वडागत रुपमा तालिका निर्माण गरेको छ । लेटाङ नगरपालिकाले शुक्रबार नगरपालिकामा सञ्चारकर्मी लगायतका सरोकारवालाहरुसँग खोप अभियानको विषयमा छलफल गर्दै वडागत कार्यतालिका बारे जानकारी गराएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव रिजालले लेटाङ नगरपालिकामा फागनु १३ गतेदेखि नगरका विभिन्न विद्यालयमा दारुरा र रुवेला खोप अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । ९ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई तोकिएको मितिमा नगरका हरेक वडाका विभिन्न विद्यालयमा विहान साढे १० बजेदेखि खोप लगाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
दादुरा रुवेला खोप अभियानका क्रममा ५ वर्ष मुनिका बालबालिकाको छुट भएका डीपीटी, हेप वी हिव, पीसीभी तथा एफआइपीभी खोप समेत लगाइने हुँदा खोप कार्ड अनिवार्य रुपमा लिएर आउन समेत शाखा प्रमुख रिजालले अनुरोध गर्नु भएको छ । उहाँले दादुरा र रुवेला खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह समेत गर्नुभयो ।
छलफलमा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, उद्योग वाणिज्य संघका प्रतिनिधि, विद्यालयका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, पत्रकारहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
यसैबीच खोप अभियानको विषयमा लेटाङ नगरपालिकाका वडा वडामा समेत सरोकारवालाहरुसँग छलफल र अन्तरकृया कार्यक्रम गरिएको छ ।
लेटाङ नगरपालिकामा सञ्चालन गरिने दादुरा रुवेला खोप अभियानको वडागत तालिका निम्नानुशार रहेको छ ।