मुख्य समाचार
इटहरीमा खुल्यो रिसोर्स एजुकेशन हब | लेटाङ राजारानीमा होमस्टे सञ्चालनका लागि रैथाने परिकार बनाउने तालिम सञ्चालन (भिडियोसहित) | लेटाङ जाँतेमा हर्सोल्लासपूर्वक मनाइयो उभौली पर्व, किराँत संग्राहलय तथा भ्यूटावर सञ्चालनमा (भिडियोसहित) | अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीद्वारा विद्यार्थीहरुलाई झोला वितरण (भिडियोसहित) | लेटाङ ९ जाँतेमा भव्यताका साथ मनाइयो वुद्ध जयन्ती, विविध साँस्कृतिक झाँकी प्रदर्शन | ‘सुनौलो जून’ हाइकुसंग्रह लोकार्पण | निरौला वन्धू सेवा समाज लेटाङको तेश्रो अधिवेशन तथा उभौली गोठधुप पूजा सम्पन्न | लेटाङमै सुरु भयो क्यान्सरको विशेषज्ञ सेवा, अन्यत्र धाउनुपर्ने बाध्यता हट्यो (भिडियोसहित) | लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना (भिडियोसहित) | लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने (भिडियोसहित) |

आज विश्वकर्मा पूजा गरिंदै, को हुन् विश्वकर्मा बाबा ?

मोरङ खबर 368+ समाचार ( )
१ अशोज २०८०, सोमबार

मोरङ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा गर्ने दिन । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन खासगरि नेपाल तथा भारतमा विश्वकर्मा पूजा गर्ने गरिन्छ । आजका दिन सवारी तथा मेसिनरी सामानहरुको पूजा गर्नुका साथै विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाउने चलन छ ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीर स्थापना गरि विधिपूर्वक आराधना गरी पूजा गर्ने चलन छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । 

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । 

विश्वकर्मा बाबालाई देवताहरुकालागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरुको निर्माता, हतियार शिल्पकार र यानहरुका रचयिता तथा निर्माता मानिन्छ ।

शास्त्रहरुका अनुसार विश्वकर्मा ब्रह्माका पुत्र हुन्, यिनका ५ छोराहरु र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसंग भएको थियो ।

विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन् । आजको आधूनिक यूगमा पनि उनले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप भारत र नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातूका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरुमा सजिसजाउ अनि झकिझकाउ गरि पूजा गर्ने गरिन्छ । 

विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ तसर्थ आजको दिन सार्वजनिक यातायातका साधनहरु सहज उपलब्ध नहुन सक्दछन् ।

आजै वास्तु दिवस

  विश्वकर्मा पुजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माणका संरचनाहरुको ढाँचा तयार गर्दा वास्तुलाई प्रार्थमिक्तामा राखिन्छ, आजभोली यो चलन पूर्विय सभ्यतामा मात्र नभई पश्चिमाहरुमा पनि निकै प्रचलित छ ।

वास्तुविधा पनि एउटा प्राचिनतम बिज्ञान, वेद र खोजको धार हो, विश्वकर्मा बाबा निर्माणका पर्याय हुन र यिनी वास्तुविधाका पनि जानकार थिए, यसै कुरालाई मध्यनजर राख्दै एकैदिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार