मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

कमलपुर सामुदायीक वन समूहद्वारा विपन्न लक्षित स्वास्थ्य विमा कार्यक्रम सञ्चालन (भिडियोसहित)

विवेक वस्ती 22+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

लेटाङ । लेटाङ ३ स्थित कमलपुर सामुदायीक वन उपभोक्ता समूहले आर्थिकरुपमा कमजोर परिवारका उपभोक्ताहरुलाई लक्षित गरि स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेको छ । समूहले सामाजिक उत्तरदायीत्व निर्वाह गर्दै विपन्न वर्ग लक्षित कार्यक्रम अन्तरगत अघिल्ला वर्षदेखि नै सञ्चालन गरिरहेको स्वास्थ्य विमा कार्यक्रमलाई यसवर्ष समेत निरन्तरता दिएको हो ।

कमलपुर सामुदायीक वन उपभोक्ता समूहले आज मंगलबार संस्थाका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा विशेष कार्यक्रम गरि उपभोक्ताहरुमध्ये आर्थिकरुपमा कमजोर रहेका परिवारलाई छनौट गरि स्वास्थ्य विमा गरिदिएको हो । साथै अघिल्ला वर्षमा स्वास्थ्य विमा गरेका विपन्न परिवारका उपभोक्ताहरुको स्वास्थ्य विमा नविकरण समेत समूहले नै गरिदिएको छ ।

वडामा खटिएका स्वास्थ्य विमा अभिकर्तालाई बोलाएर एकैपटक सम्पूर्ण उपभोक्ताको स्वास्थय विमा र नवीकरण गराइएको छ । जम्मा २९ जनाको नवीकरण तथा १९ जनाको नयाँ स्वास्थ्य विमा गरिएकोमा थप १२ जनाको पनि चाँडै स्वास्थ्य विमा गराइने अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य विमा गराउन नसक्ने विपन्न परिवारलाई प्राथमिकतामा राखेर छनौट गरि स्वास्थ्य विमा गराइएको बताउनुभयो । उहाँले स्वास्थ्य विमा गरेपछि त्यसको सदुपयोग गर्नुपर्नेमा समेत जोड दिनुभयो । 

कार्यक्रममा लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राईले कमलपुर सामुदायीक वन उपभोक्ता समूह देशकै नमूना वन समूहको रुपमा पुरस्कृत भएको बताउँदै प्रशंशायोग्य काम गर्दै आएको उल्लेख गर्नभुयो । 

यस्तै सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रीय उपमहासचिव सीता श्रेष्ठ, नगर महासंघका अध्यक्ष आनन्दसागर तिम्सिना लगायतका अतिथिहरुले विपन्न परिवारको स्वास्थ विमा गराउँदै सामाजिक उत्तरदायीत्व बहन गरेकोमा वन उपभोक्ता समूहलाई धन्यवाद दिनुभयो ।

कमलपुर साुमदायीक वन समूहले हरेक वर्ष महिलाहरुलाई सेनेटरी प्याड वितरण, लामखुट्टेबाट बच्न झूल वितरण, कृषकहरुलाई टनेल वितरण लगायतका काम गर्दै आएको छ । 

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार